दाङ ।
दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् ।
घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।
गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।