सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा २ दिने कर सम्बन्धि तालिम सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा उक्त तालिम सोमबारदेखि सुरु भएको हो ।
उक्त तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय संचालन गर्ने सिप नभई व्यवसाय संचालन गर्दा जोखिम हुने बताए ।
उनले व्यवसाय संचालन गर्ने व्यक्ति करको झन्झटबाट मुक्त हुन सरकारको राजस्वका न्युनत्तम मापदण्डबारे जानकार हुनुपर्ने बताए । उनले अहिले मुलुकमा उद्योगी व्यवसायीको स्थिति प्रतिकुल अवस्थामा रहेको बताउँदै भने, ‘कर नतिर्दा धेरै व्यवसायीहरुको खातासंगै जग्गा रोक्का भएको अवस्था छ ।’
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणीले बाणगंगा नगरपालिकाले निजि क्षेत्रसंग बर्षौदेखि सहकार्य गर्दै अघि बढिरहेको बताए । उनले बाणगंगा नगरपालिका निजि क्षेत्रका लागी लगानी योग्य वातावरण बनाउन, दिगो रुपमा विकास गर्न र स्थापित गर्ने प्रतिवद्ध रहेको जिकिर गरे ।
स्थानीय तहको प्रयासले मात्र व्यवसायीहरुको व्यवसाय सुरक्षित र दिगो हुन नसक्ने बताउँदै उनले भने, ‘बेला बखतमा आउने मन्दिले व्यसायीहरुलाई आफ्ना व्यवसायीक गतिविधि संचालन गर्न अवरोध खडा गर्ने गरेको छ, जसको फलस्वरुप व्यवासायीहरु प्लायन भईरहेको अवस्था छ ।’
मेयर अर्यालले सबै सरोकारवालाहरुको सल्लाह, सुझाव र सहकार्यमा आफुहरुले स्थानीय तहका करहरुको निर्धारण गर्ने गरेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर अलिमियाले देशमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्दै व्यवासायीलाई प्लायन हुनबाट रोक्नुपर्ने बताए । हरेक स्थानीय तहमा लगानीको वातावरण निर्माण गरे मात्र विकास निर्माणका कामले तीब्रता पाउने उनको भनाई छ ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुलाई करको दायरामा ल्याउन तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष घिमिरेले व्यावसायीले भोगेका कर सम्बन्धी विभिन्न समस्याहरुको निदानका लागी तालिम फलदायी हुने दाबी समेत गरे ।
कपिलवस्तु उद्योग बाणिज्य संघले विभिन्न निकायसंग सहकार्य गर्दै कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिदै आएको उनले बताए । उनले व्यवसायीको व्यवसायीक हकहितका निम्ति आफुहरु प्रतिवद्ध रहेको समेत बताए । वर्तमान अवस्था व्यवसायीका लागी अनुकुल वातावरण नरहेको बताउँदै उनले भने, ‘हामीहरु देशमा व्यवसायमिैत्री वातावरण बनाउन लागी परेका छौं ।’
अध्यक्ष घिमिरेले पत्रकारहरुले मार्केट पाउने निहुँमा विषयवस्तुलाई बङ्गाएर, कटौती गरेर समाचार सम्प्रेषण गर्ने गरेको भन्दै आपत्ति जनाए । उनले त्यस्ता समाचारले कसैलाई पनि फाईदा नगर्ने बताउँदै यथार्थ विषयवस्तु बाहिर ल्याउन आग्रह गरे ।
तालिमको उद्घाटन सत्र कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले संचालन गरेका थिए । ५० जना भन्दा बढीको सहभागिता रहेको उक्त तालिम मंगलबार सम्पन्न हुने छ ।