काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेकोमा आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
धेरैजसो नेताहरूले बैठकको लाइभ गर्ने बारेमा असन्तुष्टि जनाएपछि निर्णय स्थगित भएको हो ।
केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि प्रज्ञा भवन कमलादीमा शुरु हुँदैछ ।







