गृहपृष्ठ Featured बर्दिया कारागारमा ११ विदेशी नागरिक

बर्दिया कारागारमा ११ विदेशी नागरिक

प्रकाशित मिति:

बर्दिया ।

जिल्ला कारागार, बर्दियामा लागूऔषध, जबर्जस्ती करणी, डाँका चोरी तथा हातहतियार खरखजानाका मुद्दामा एक पाकिस्तानी र १० भारतीय नागरिकले सजाय भोगिरहेका छन् ।

उनीहरूबाहेक ६ जना भारतीय नागरिक थुनुवा रहेका छन् । पाकिस्तानी नागरिक नासिर अली लागूऔषध कोकिनसहित काठमाडौंमा ०६५ साल पुस ९ गते पक्राउ परेका थिए । ०६७ साल असार २७ गतेको अदालतको फैसलाले उनलाई १५ वर्षको जेल सजाय र ५ लाख जरिवाना तोकेको थियो ।

कारागार प्रमुख सन्तोष विकका अनुसार उनी मुलुकको करिब एक दर्जन कारागारबाट सरुवा हुँदै बर्दिया आएका थिए । ‘०८० साल पुस २८ गते जेल सजाय पूरा भई उनी कारागारमुक्त हुनेछन,’ उनले भने ‘अली पाकिस्तानस्थित एडजन थाना सेखपुर जिल्लाका बासिन्दा हुन ।’

यसैगरी भारत उत्तरप्रदेश राज्यको अजमगढ जिल्लाको अम्बेदगरनगर थाना टाण्डाका बहादुर लाल यादवले जबर्जस्ती करणीको अभियोगमा ११ वर्ष जेल सजाय भोगिरहेका छन् । ०७४ साल फागुन २४ गतेको फैसलाले उनले ११ वर्षको कैद सजाय भोग्दै आएका हुन् ।

सम्बन्धित् समाचार