ऐटाना बोनमाटीले खेलको पाँचौँ मिनेटमा स्पेनलाई अग्रता दिलाएपनि ११ औँ मिनेटमा लाइया कोडिनाले आत्मघाती गोल गरेपछि स्वीटजरल्याण्ड खेलमा फर्किएको थियो । तर, त्यसपछि भने स्पेनले गोलको वर्षा गर्यो । १७ औँ मिनेटमा अल्बा रेडोन्डोले स्पेनलाई पुनः अग्रता दिलाइन् । ३६ औँ मिनेटमा बोनमाटीले खेलमा आफ्नो दोस्रो गोल गरिन् भने कोडिनाले आत्मघाती गोलको बदलामा अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् ।
दोस्रो हाफमा जेनिफर हरमोसोले अर्को गोल थप्दै स्पेनलाई उत्कृष्ट जीत दिलाइन् । अब स्पेनले क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीचको विजेताको सामना गर्नेछ ।