दक्षिण अफ्रिकामाथि प्रभावशाली जित निकाल्दै नेदरल्यान्ड्सले आइतबार महिला विश्वकप २०२३ को अन्तिम आठको यात्रा तय गरेको छ । प्रत्येक हाफमा भएको एक-एक गोलको मद्दतले नेदरल्यान्ड्स क्वाटरफाइनल पुगेको हो ।
अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले स्पेनको सामना गर्नेछ । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सका लागि जिल रुडले नवौं मिनेटमा पहिलो गोल गरिन् ।
त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले दोस्रो गोल थपिन् । डच टिमले थप दुई अवसरमा बललाई पोस्टको दिशा दिए पनि त्यसले मान्यता पाएन । नेदरल्यान्ड्स पछिल्लो विश्वकपका उपविजेता पनि हो र यसपल्ट अहिलेसम्म तय गरेको यात्रा पनि उत्कृष्ट रहेको छ ।