रुसी मिडियाका अनुसार अगस्ट ११ शुक्रबार बिहान ४ः४० बजे लुना–२५ ल्यान्डर रुसको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । लुना–२५ सोयुज २.१बी रकेटमा चन्द्रमामा पठाइएको हो । यसलाई लुना ग्लोब मिसन नाम दिइएको छ। रकेटको लम्बाइ लगभग ४६.३ मिटर छ, जबकि यसको व्यास १०.३ मिटर छ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ चन्द्रमातर्फ प्रस्थान गरेको जनाएको छ । पाँच दिनसम्म यो चन्द्रमातर्फ सर्नेछ । यसपछि ३१३ टन तौलको रकेटले ७–१० दिनसम्म चन्द्रमाको परिक्रमा गर्नेछ । २१ वा २२ अगस्टमा यो चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ।
रुसी मिडियाका अनुसार रुसले ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । चन्द्रमाको यस ध्रुवमा पानीको सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।
यसको ल्यान्डर लगभग ८०० किलोग्राम छ। लुना–२५ ले सफ्ट ल्यान्डिङ अभ्यास गर्नेछ। ल्यान्डरमा एक विशेष उपकरण छ, जसले सतहको ६ इन्च खन्न सक्छ। लुनाले २५ वटा चट्टान र माटोको नमूना संकलन गर्नेछ । यसले जमेको पानी खोज्न सक्छ। रसियाको लक्ष्य भनेको भविष्यमा चन्द्रमामा मानिस स्थायी रुपमा बसेमा उनीहरुलाई पानीको समस्या हुन्छ या हुँदैन भन्ने बुझ्न चाहन्छ ।