गृहपृष्ठ Featured कोहली इन्स्टाग्राममा कमाउँछन एकै पोस्टबाट साढे १७ करोड रुपैयाँ

कोहली इन्स्टाग्राममा कमाउँछन एकै पोस्टबाट साढे १७ करोड रुपैयाँ

प्रकाशित मिति:

भारतीय क्रिकेट टीमका पूर्व कप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने भारतीयमात्र मात्र नभएर एशियाली पनि बनेका छन् । उनले एउटा पोस्टबाट ११.४५ करोड रुपैयाँ भारु कमाउँछन् ।

उता खेलाडीको सूचीमा उनी तेश्रो नम्बरमा छन् । यो सूचीमा फुटबलर क्रिस्टियानो रोनाल्डो पहिलो र लियोनल मेस्सी दोस्रोमा छन् ।

हूपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ । यस अनुसार विराटले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन्। इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।

कोहली समग्र सूचीमा १४ नम्बरमा छन्

समग्र लिस्ट हेर्दा विराट कोहली १४ औँ नम्बरमा छन् । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन्। अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । एक पोस्टबाट मेस्सीको कमाई २५ लाख ९७ हजार डलर  छ । तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन्, जसले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन्।

विश्वभरका सेलिब्रेटीहरूको सूचीमा विराटको नम्बर १४ औं स्थानमा छ । यस लिस्टमा कोहलीपछि प्रियंका चोपडा दोस्रो भारतीय अभिनेत्री हुन् । एक पोस्टबाट प्रियंकाको कमाई ५ लाख ३२ हजार डलर छ ।

कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड ६० लाख फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली हुन् । एसियामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा इजरायलकी अभिनेत्री गल गाडोट (१०.३ करोड फलोअर्स) दोस्रो र संगीतकार लिसा (९.४ करोड फलोअर्स) तेस्रो नम्बरमा छन् ।

-दैनिक भास्कर

सम्बन्धित् समाचार