गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा ४ वर्षसम्म एउटा पनि रिफ्रेस सेन्टर बनेन

लुम्बिनी प्रदेशमा ४ वर्षसम्म एउटा पनि रिफ्रेस सेन्टर बनेन

बुटवल । 

लुम्बिनी प्रदेश सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लामा ५ वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण थालेको ४ वर्ष पुरा हुँदा अझैसम्म एउटा पनि सम्पन्न गरेको छैन ।

२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व पश्चिम राजमार्गमा लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वास्थ्यकर खाना, नास्ता र केही समय आराम गर्ने उपयुक्त  ५ स्थानमा रिफ्रेस सेन्टर निर्माणको सुरुवात गरेका थिए ।

खानेपानी, ग्रामीण सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेलले ५ योजनामध्ये रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा पहिलो चरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले दाङदेउखुरीको लमहीमा ठेक्का भएपछि जग्गा विवादले रोकिएको तथा बर्दियामा जग्गा व्यवस्थापन नभएकाले सुरु नै नभएको खुलाए ।

रुपन्देहीको सैनामैनामा निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा रहेको छ ।  भिमेश्वर मामा जेबीले पहिलो चरणमा २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैनाको पिपल डाँडामा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का लिएको थियो ।

सम्बन्धित् समाचार