रुकुम (पश्चिम) मा ५ वर्षभित्र गहना र पैसा लुट्ने उद्धेश्यले एउटै ब्यक्तिले दुई जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
गत बिहिबार मुसिकोट नगरपालिका –१ बस्ने ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा गाउँकै २३ वर्षिया सिर्जना बुढा बोहरा अनुसन्धानपछि पक्राउ परिन्।
पक्राउपछि प्रहरी अनुसन्धानमा २०७५ असार १० गते ४६ वर्षिया आईती बुढाको घरमै हत्या भएको थियो। प्रहरीले अहिलेसम्म पनि हत्यामा संलग्न पत्ता लगाउन सकेको थिएन्।
दुवै हत्याको प्रकृती र उद्देश्य भएपछि अनुसन्धानका क्रममा दुवै हत्याको एउटैले गरेको खुलेको हो। दुवै हत्यामा ढुंगा (लोरो), चौखी (पिर्का) प्रयोग गरेको प्रहरीले जनाएको छ।