गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिकाले आँखा पाक्ने र डेंगु रोगको नि:शुल्क चेक जाँच गर्दै

बुद्धभूमि नगरपालिकाले आँखा पाक्ने र डेंगु रोगको नि:शुल्क चेक जाँच गर्दै

कपिलवस्तु ।

डेंगु र आँखा पाक्ने रोगको प्रकोप बढ्दै गईरहेका बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नि:शुल्क चेक जाचको व्यवस्था गरेको छ। नगरबासीको स्वास्थ्यमा पालिका सधै गम्भीर रहेको बताउदै पालिकाले नगरबासिका लागि निशुल्क चेक जाचको व्यवस्था मिलाएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो। नगरपालिकाको ल्याब रहेको स्वास्थ्य चौकीमा डेंगुको निशुल्क चेकजाच हुने उहाँले बताउनुभयो।

‘व्यक्तिगत तवरबाट डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरपर पानी जम्न नदिने, झारी बढ्न नदिने, सङ्क्रमित व्यक्तिलाई टोक्न नदिने कुरामा विशेष ध्यान दिए पनि डेंगुको संक्रमणबाट बच्न सकिने बुद्धभुमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु देव खनालले बताउनुभयो। यस समयमा खेतबारीमा काम व्यस्त हुने र व्यक्तिको सरसफाइमा ध्यान नपुग्दा भाइरसले चाँडो आक्रमण गर्ने खनालले बताउनुभयो ।

नगरपालिकाले वातावरण मैत्री औषधि प्रयोग गरी लार्भा नष्ट गर्ने कार्ययोजना अघि बढाउने समेत बताएको छ । वातावरणमैत्री औषधि प्रयोग गरिने भएकाले यसले अन्य कुनै पनि किटजन्य किरालाई नोक्सान नगर्ने पालिकाको जिकिर छ ।

नगर प्रमुख श्रेष्ठले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झूल टाँगेरमात्र सुत्न नगरवासीलाई सुझाव दिनुभयो ।

सम्बन्धित् समाचार