वैखरी अनलाईन, बाणगंगा ।
नेपाल विधार्थी संघ महाराजगंज नगरपालिकाको नगर संयोजकमा राकेश यादव चयन भएका छन् । संघका जिल्ला सभापति माधव पौडेलले यादवलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार उनलाई संयोजकको जिम्मेवारी दिएको जिल्ला सभापति माधव पौडेलले बताएका छन् ।
यादव महाराजगंज नगरपालिका क्षेत्रका एक सशक्त जुझारु विधार्थी नेताका रुपमा परिचित छन् । संयोजकको जिम्मेवारी प्राप्त गरेका यादवले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज अघि बढ्ने बताएका छन् ।
लामो समयदेखि विधार्थीहरुको साथमा रहेर काम गर्दै आईरहेको उनले बताए । उनले नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
यसैबीच नेविसंघ कपिलवस्तु नगरपालिकाको संयोजकको जिम्मेवारी सोनिस पौडेल, यशोधरा गाउँपालिकाको ईशान पाठक र विजयनगर गाउँपालिकाको जिम्मेवारी देवेन्द्रमणी त्रिपाठीले प्राप्त गरेका छन् ।








