गृहपृष्ठ Featured बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति:

बर्दिया ।

बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन् ।

गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

सम्बन्धित् समाचार