गृहपृष्ठ Featured कपिलवस्तुकी एक महिला ३८ दिनदेखि बेपत्ता : श्रीमानले कुटपिट गरेर बेपत्ता पारेको आरोप

कपिलवस्तुकी एक महिला ३८ दिनदेखि बेपत्ता : श्रीमानले कुटपिट गरेर बेपत्ता पारेको आरोप

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा एक महिला एक महिना भन्दा बढी समयदेखि बेपत्ता भएकी छिन् । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १० नगवाकी सुरजमती थारु असार २८ गतेदेखि बेपत्ता भएकी हुन् । उनी बेपत्ता भएको ३८ दिन भईसकेको छ तर हालसम्म उनको कुनै अतोपत्तो छैन् । उनको माईत बाणगंगा नगरपालिका १० करैलियामा पर्दछ ।

अन्दाजी ३० बर्षीय उनी हालसम्म सम्पर्कमा आउन नसकेको माईती पक्षले जनाएको छ । उनका दुई छोरा छन् । ईलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जानकारी दिदैं बुबा चिन्कु थारुले वैखरीलाई भने, ‘हामीहरु प्रहरी कहाँ पटक पटक धाईरहेका छौं, तर हालसम्म पनि प्रहरीले खोजी कार्य जारी छ भनेको छ । खै केही पत्ता लाग्न सकेको छैन् ।’

श्रीमान पशुपति थारुले मदिरा सेवन गरि कुटपिट गरेर बेपत्ता बनाएको माईती पक्षको आरोप छ । घरायसी कुरामा विवाद भएपछि उनीहरुबीच झगडा भएको र श्रीमान पशुपतिले कुटपिट गरेको बुबा चिन्कुले बताए ।

सम्बन्धित् समाचार