वैखरी अनलाईन, बाणगंगा ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी भोली शनिवार कपिलवस्तु आउने भएका छन् । कपिलवस्तु जिल्लासहित प्रदेशभर नै बढ्दै गएको छाडा पशुचौपायाको समस्याको विषयमा वृहत छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रममा सहभागिता जनाउन मुख्यमन्त्री चौधरी कपिलवस्तुको बुद्धभुमिमा आउन लागेका हुन् ।
मुख्यमन्त्रीलाई बुद्धभूमि ल्याउन पहल गरेका बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बृह्त अन्तरक्रिया कार्यक्रममा छाडा पशुचौपायासंगै अन्य स्थानियका समस्याको विषयमा अन्तरक्रिया हुने बताए ।
मुख्य गरि कपिलवस्तुका मुख्य क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढिरहेको बताउँदै उनले उक्त समस्या समाधानतर्फ अन्तरक्रिया केन्द्रित हुने बताए ।