वैखरी अनलाईन, बाणगंगा ।
नेपाल कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा कपिलवस्तु आउने भएका छन् ।
महामन्त्री शर्मा भोलि मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको छ ।
नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गर्न लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी कपिलवस्तु आउन लागेका हुन् ।








