गृहपृष्ठ Featured अपडेट : पाल्पामा गुडिरहेको जिप पहिरोमा पुरिँदा ३ जनाको मृत्यु, ८ घाइते

अपडेट : पाल्पामा गुडिरहेको जिप पहिरोमा पुरिँदा ३ जनाको मृत्यु, ८ घाइते

प्रकाशित मिति:

पाल्पा  । 

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा बुधबार बिहान सुख्खा पहिरोमा जिप पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

लु १ ज ४६०० नम्बरको जिपमा पुरिएर घाइते भएका आठ जनालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाएका छन् ।

गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा सुख्खा पहिरोमा जिप पुरिएको हो । यही स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम गर्दै आएको छ ।

सम्बन्धित् समाचार