गृहपृष्ठ Featured एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचन कि ओलीको आर्शिवाद ?

एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचन कि ओलीको आर्शिवाद ?

प्रकाशित मिति:

बुटवल ।

भदौ १६ देखि बुटवलमा सुरु हुने दुई दिने एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा गुटका गोप्य भेला हुन थालेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको नाममा नेताहरूले छुट्टाछुट्टै भेला र बैठकको आयोजना गरिरहेका छन् ।

अधिवेशन तयारी अन्तिम चरणसँगै अध्यक्षका आकांक्षीहरु खास गरी वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हरि रिजालले गोप्य बैठकलाई तीव्रता दिएका हुन् ।

अध्यक्षमा रिजाल सहितका नेताहरूले बुटवल–१४ को  ढवाहामा रहेको आरम्भ रिसोर्टमा भेला गरेका छन् । गोप्य भेला भए पनि त्यसको तस्बिर सार्वजनिक भएको छ ।

अर्को पक्षले केही नेताहरूले पनि रुपन्देहीको तिलोत्तमाको मणिग्रामस्थित ड्रिम ल्यान्ड रिसोर्टमा भेला गरेका छन् । तर भेलामा सहभागी दुवै पक्षले नेताहरूले सामान्य भेटघाट राखेको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन हुन्छ कि ओलीको आर्शिवाद ? 

दसौँ महाधिवेशनबाट गुटबन्दी अन्त्यको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा पुनः गुटबन्दी मौलाउँदै गएको छ ।

एमाले प्रदेश अधिवेशन सबैभन्दा पहिला लुम्बिनीमा हुने  भएकाले धेरै नेताहरूले चासो दिएका छन् । अर्कोतिर यहाँ निर्वाचनमा गुटबन्दी गर्दा अन्य प्रदेशमा पनि सोही अनुसारको सन्देश जाने भएकाले सकभर नेतृत्वले रोक्नुपर्ने एकथरी नेताहरूको बुझाई छ ।

अहिले निर्वाचन तयारी गरेका प्रदेश नेताहरूलाई अध्यक्ष केपी ओलीले सर्वसम्मत गराउनुपर्छ भन्ने निर्देशन दिएमा जति तयारी गरे पनि रोकिनेछ ।

कँडेलले आफूसँग अनुभव र काम गर्न सक्ने योग्यता भएको आधार तयारी गरेको भन्दै आफ्नो पक्षमा सर्वसम्मत नभए निर्वाचन हुने र त्यसबाट आएको फैसला मान्ने बताए।

उनले १२ वटा जिल्लाका पालिका प्रतिनिधिहरुसँग रायअनुसार आफू मैदानमा जाने  बताए । कँडेल र रिजाल दुवैले अहिले प्यानल बनाएर मैदानमा नजाने व्यक्ति, व्यक्ति जाने बताएका छन् ।

अध्यक्षको तयारी गरेका केन्द्रीय सदस्य रिजालले भने, ‘मलाई मन पराउने मेरो पक्ष मत माग्नुहुन्छ, भोट हाल्नुहुन्छ । कँडेलजीलाई मन पराउनेले उहाँलाई हाल्नुहुन्छ । यहाँ गुट, प्यानल हुँदैन ।’

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगरमा हुने कार्यक्रमको उद्घाटन पार्टी  अध्यक्ष ओलीले  गर्नेछन् ।

सम्बन्धित् समाचार