कपिलवस्तु ।
प्राकृतिको कुचिकारको रुपमा रहेको तर लोप हुन लागेको गिद्ध संरक्षणमा हातेमालो गरेर अगाडी बढ्ने एक कार्यक्रममा सहभागिले बताएका छन् । १५ औ अन्तराष्ट्यि गिद्ध संरक्षण दिवसको अवरमा नेपाल पाराभेटेनरी एण्ड लाइभइटक एसोसिएसन ९नेभ्ला ० कपिलवस्तुले तौलिहवामा आयोजित समुदाय सचेतना कार्यक्रममा यस्तो धाराणा आएको हो । कार्यक्रममा वोल्दै वाणगगा नगरपालिकाका पशु चिकिस्सक डा।सन्तोष भण्डारीले पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनक सोडियम नामक औषधी र त्यस्तै प्रकृतिका औषधी प्रयोगको कारण गिद्धहरुले त्यस्ता पशुको सिनो खादा गिद्ध मर्ने गरेको बताए ।
सरकारले त्यस्ता प्रकृतिका औषधी प्रयोगमा निषेध गरेतापनि लुकीछिपी प्रयोग गर्दा समस्या आएको बताए । त्यस्तै नेभ्लाका केन्द्रिय सदस्य नारायण भट्राइले गिद्ध संरक्षणको लागि समुदाय सम्म जनचेतना जगाउने काम गर्दे आएको बताए । साथै आगामी दिनमा पनि सरकारी ,निजी, सामुदायिक वन र गैर रकारी संस्थाहरु संग सहकार्य गर्ने बताए ।
कार्यक्रममा राजापानी सामुदायिक वनकी अध्यक्ष सिता पौडेलले आफ्नो वन क्षेत्रमा करिव २ सय गिद्धका गुण रहेकाले त्यसको सरक्षण र गिद्धको वासस्थानको लागि सामुदायिक वनले बासस्थान संरक्षणमा लागेको बताइन । नेभ्लाका पुर्व अध्यक्ष खिम बहादुर टण्डनले गिद्ध संरक्षणको लागि गिद्धको वासस्थानको लागि सिमलका तथा अग्ला रुखहरु लगाउने तथा संरक्षण गर्ने, गिद्धको आहारको लागि जटायु रेष्टुरेष्ट संचालन गर्ने र समुदायमा गिद्ध संरक्षण अभियान संचालन गनु पर्ने बताए ।
सो अवरमा नेभ्लाका जिल्ला अध्यक्ष प्रमेश्वर यादवले गिद्ध संरक्षणको लागि कपिलवस्तुमा ५ बुदे घोषणा पत्र जारि गरेका छन् । समुदाय स्तरमा जनचेतना जगाउने, गिद्ध लाई असर गर्ने औषधीको निगरानी गर्ने, प्रतिबन्धीत औषधीको बारेमा एग्रोभेटमा अनुगमन तथा नियमन गर्ने, सरोकारवाला संग सहकार्य गर्नुको साथै जिल्लामा रहेको गिद्धहरुको एकिन गर्ने बताएका छन् ।
जित बहादुर जि.सि. को संचालन र सुदिप भुषालको संचालनमा संम्पन कार्यक्रममा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । विगत १५ बर्ष यता सेक्टेम्भर २ तारिका दिन गिद्ध ंसरक्षण दिवस मनाइदै आइरहेको छ । यस वर्षको नारा प्रकृतिका कुचिकार लोपउन्मुख गिद्धहरुको संरक्षणमा हातेमालो गरौ भन्ने रहेको थियो ।