गृहपृष्ठ Featured संस्कृत विश्वविद्यालय अनिश्चितकालीन तालाबन्दीले थला पर्दै

संस्कृत विश्वविद्यालय अनिश्चितकालीन तालाबन्दीले थला पर्दै

दाङ ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न मागसहित गरेको तालाबन्दी गत साउन २६ गते करिब २ महिनापछि खुलेको थियो ।

त्यस्तै, गत साउन ३१ गते सेवा आयोगमा लागेका ताला खुलेको थियो। तर, दुवै ठाउँका विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङ ले भदौ ४ गतेदेखि  अनिश्चितकालीन तालाबन्दी गरेको छ।

अखिल (क्रान्तिकारी)  केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयमा परीक्षा भइरहेको समयमा नेविसंघले प्रश्नपत्र बाहिरिएपछि तालाबन्दी गरेको थियो।

उच्चस्तरीय छानविन गर्न माग गर्दै लगाएको ताला माइन्युटमा लेखेर कार्यान्वयन नभएपछि अखिल ( क्रान्तिकारी) दाङले त्यही मुद्दालाई टेकेर अनिश्चितकालीन तालाबन्दी गरेको समेत उनको भनाइ छ।

उनले भने,‘हामीहरूले उच्चस्तरीय छानविनको माग गर्दै प्रश्नपत्र चुहावट भएको भए दोषीलाई कारबाही गर्न माग राख्दै परीक्षा गराउनुपर्ने विषयमा तालाबन्दी गरेका हौँ।’

यस्तै, उनले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल ( क्रान्तिकारी ) ले तालाबन्दी गरेको समेत बताए।

सम्बन्धित् समाचार