काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश अध्यावधि निर्वाचनमा गए आफूहरूलाई फाइदा हुने दाबी गरेका छन्।
शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कोशीमा निर्वाचन भए आफ्नो पार्टीले दोब्बर तेब्बर सिट ल्याउने दाबी गरेका हुन्।
‘कोशीमा चुनाव भयो भने हाम्रो पार्टीलाई फाइदा हुने वाला छ। अहिले कोशीमा हाम्रो चार सिट छ। त्यो सिट बढेर दोब्बर तेब्बर सिट ल्याउन सक्छौं भन्ने विश्वास छ। अरू पार्टीहरूको सातो गएको छ। यत्रो ठूलो संख्या छ। ४० वटा सिट जितिएको छ अर्को पटक त २० भन्दा पनि बढ्दैन भनिरहेका छन्। अरूलाई त डर होला हामीलाई त्यो बेला जति सिट लिनुपर्ने थियो। लिन सकिएन, उठ्न सकिएन। त्यही पनि हामी राष्ट्रलाई पर्ने अर्थको बोझ कम गर्न कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौं,’ उनले भने।