गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा टिकटक प्रतियोगिताको नतिजा सार्वजनिक

सिद्धार्थ क्याम्पसमा टिकटक प्रतियोगिताको नतिजा सार्वजनिक

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालका- १ मा अवस्थित सिद्धार्थ क्याम्पसले सन्देशमूलक टिकटक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । बुधबार क्याम्पसको सहभाहलमा आयोजित कार्यक्रममा उक्त प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । जसमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण पौडेलको समूहले निर्माण गरेको टिकटक भिडियो प्रथम हुन सफल भएको छ भने बिएड चौथो बर्षमा अध्ययनरत सागर वि.क.को भिडियोले द्धितीय स्थान हासिल गरेको छ ।

यस्तै बिएड दोस्रो बर्षकी सिर्जना अर्यालको समूहले बनाएको भिडियो तृतीय र विविएस प्रथम बर्षमा अध्ययनरत सविना पाण्डेको समूहले बनाएको भिडियोले सान्तवना स्थान हासिल गरेको छ ।

उक्त प्रतियोगिता क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति एवम् सामाजिक सम्बन्ध तथा सुचना एकाईको संयुक्त आयोजनामा राखिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्नेले प्रोत्साहन स्वरुप करकट्टी गरि क्रमशः रु ५०००, ३०००, २००० र १००० पुरस्कार प्रदान प्राप्त गरेका छन् ।

सामाजिक सम्बन्ध तथा सुचना एकाई संयोजक कुलराज भुसालका अनुसार उक्त प्रतियोगितामा १८ वटा भिडियो समावेश भएका थिए । उनले लाइक÷भ्यूज÷सेयर, विषयवस्तु, सन्देश र सिर्जनशीलता÷कला लाई आधार बनाएर भिडियोको मूल्याङ्कन गरिएको बताए ।

अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलले भिडियोले क्याम्पसको प्रचारप्रसारसंगै विधार्थीहरुको सिर्जनशिलतालाई उजागर गर्ने अवसर प्रदान गरेको बताए उनले सन्देशमूलक टिकटक भिडियो प्रतियोगिताले भर्ना अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पुगेको बताए ।

सम्बन्धित् समाचार