गृहपृष्ठ Featured बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप : १ जनाको मृत्यु, १० घाइते

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप : १ जनाको मृत्यु, १० घाइते

प्रकाशित मिति:

बुटवल ।

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।

सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको  मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी   विपिन आर्चायले बताए ।  उनले  झडपको कारण खुल्न नसेको बताए ।

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए ।

बालगृहमा तोडफोड र  झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली  सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो ।

बाँके  प्रहरी प्रमुख सन्तोष सिंह राठोरले  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सम्बन्धित् समाचार