गृहपृष्ठ खबर कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण हुदैं, विजेतालाई ५० हजार

कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण हुदैं, विजेतालाई ५० हजार

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

लायन्स क्लव अफ कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो सँस्करणको तयारीलाई तीब्र पारेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सो प्रतियोगिताबारे जानकारी गराईएको हो ।

क्लवले प्रतियोगिताको पहिलो सँस्करण गरेपछि चौतर्फी प्रशंसा कमाएको थियो । साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिताको दास्रो सँस्करण यही असोज २७ गते हुने जानकारी दिदैं क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले तयारीलाई द्रुत गतिमा अघि बढाईएको बताए ।

अध्यक्ष घिमिरेले प्रतियोगिता कपिलवस्तुको बाणगंगा नगरपालिका- ३ मा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल राजापानीको पोखरीमा हुने बताए । पोखरीमा पानीको सतह ४ फिट हुने आयोजकले जनाएको छ ।

सहभागी हुने प्रतियोगिका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन क्लव आफैले व्यवस्थापन गर्ने छ । प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा भाग लिनेहरुका लागी रजिष्टेशन खुलाएको छ । आयोजकका अनुसार रजिष्टेशन शुल्क १५ सय राखिएको राखिएको छ । आयोजकले प्रतियोगिताको लागि विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा प्रतियोगिता मुल समिति निर्माण गरेर गरि तयारीलाई तीब्र पारेको छ ।

आयोजकका अनुसार सदस्यहरुमा भरत राना, विष्णु प्रसाद पाठक, नरेश भुसाल, खड्क बहादुर आले, क्षेत्र बहादुर थारु चौधरी, मदन अर्याल, विष्णु प्रसाद घिमिरे (बैरीया), नवराज बेल्वासे, दामोदर पन्थी, शान्त राज गैरेले लायन्सबाट आफ्नो जिम्मेवारी हेर्छन् भने लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष कपिलदेव भट्टराई र शेषकान्त मरासिनीलाई जिम्मेवारी तोकिएको छ । प्रतियोगितामा भाग लिनेहरुका लागि टि–सर्ट, खाजा तथा प्रमाण पत्रको समेत व्यवस्था गरिएको मुल समिति संयोजक विष्णु प्रसाद घिमिरे बताएका छन् ।

प्रतियोगिताको दोस्रो सँस्करण ऐतिहासिक बनाउने गरि आफुहरु तयारीमा लागेको संयोजक घिमिरेले बताए । ‘यो एउटा प्रतियोगिता मात्र हैन् । समग्र कपिलवस्तुको पर्वका रुपमा विकास गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘प्रतियोगितामा निकै रोमान्चक हुने छ ।’ लायन्स कपिलवस्तुले नेपालमा पहिलो पटक २०७९ असोज १५ गतेका दिन साइकल प्याङक प्रतियोगिता सम्पन्न गर्दा समेत घिमिरेले उत्कृष्ट संयोजकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताको उपाधि जित्नेले ५० हजार, द्धितीय हुनेले २५ हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिन क्लवका सचिव राजु भुसालले जानकारी दिए । मिडिया संयोजक नवराज बेल्वासेले प्रतियोगिता संचालनका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति दिईसकेको छ भने राजापानी सामुदायिक बन उपभोक्ता समितिसँग पनि पोखरीका लागि समन्वय गरिएको छ ।

रजिष्टेशनका लागि गुगोल फारम भर्ने सकिने छ, जसका लागि तल दिइएको google fome link लाई खोल्नु पर्नेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScYP12P7Li5Vx4xcuaDMbXUijxSQV4aA84_4AyDdlwyjiuR9g/viewform?pli=1https://forms.gle/1LMC2Th7k8uuThFN6

सम्बन्धित् समाचार