गृहपृष्ठ Featured बाँके राष्ट्रिय निकुञ्जको १५ किमी क्षेत्रमा ‘टाईमकार्ड’ लागु

बाँके राष्ट्रिय निकुञ्जको १५ किमी क्षेत्रमा ‘टाईमकार्ड’ लागु

प्रकाशित मिति:

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गरिएको छ। निकुञ्ज प्रशासनले सोमबारबाट पुर्वपश्चिम राजमार्गको खैरीपोष्ट(जिरो)देखी ओभरीसम्म टाईमकार्ड लागु गरेको हो।

अत्यधिक रुपले दुर्घटना बढ्न थालेपछि निकुञ्जले पहिलो चरणमा १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गरेको बाँके राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत अर्जुन भुसालले जानकारी दिए।

उनका अनुसार राजमार्गमा गुड्ने सवारी साधनले १५ किलोमिटर दुरीलाई २३ देखी २८ मिनेटभित्रमा पार गर्नुपर्नेछ। ‘जंगल क्षेत्र पर्ने र सिधा बाटो भएकाले सवारी साधनहरु तीव्र गतिमा गुड्छन्, जसले गर्दा दुर्घटना धेरै बढेका छन्,’ भुसालले नागरिकसँग भने ‘बढ्दो दुर्घटनालाई न्युनिकरण गर्नकै लागि हामीले टाईमकार्ड लागु गरेका हौं।’

सम्बन्धित् समाचार