धरान ।
नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य सुनसरीबाट पक्राउ परेका छन्। जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएर विवादमा आएका उनलाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको हो।
केही विवादास्पद् अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नबिनकृष्ण भण्डारीले बताए। उनले श्रीनिवासलाई केही कुरा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएको बताए।
श्रीनिवास बिराटनगरमा आफैंले गोली हान्न लगाएर विवादमा आएका धर्म गुरु हुन्। उनलाई यसअघि प्रहरीले पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालत मोरङले धरौटीमा छुटेपछि झन् विवादास्पद क्रियाकलाप गर्दै आएका छन्।