गृहपृष्ठ Featured लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल : करोडौँ खर्च गरेर निर्माण, गतिविधि न्यून

लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल : करोडौँ खर्च गरेर निर्माण, गतिविधि न्यून

बुटवल ।

पौने  एक अर्ब लगानीमा  निर्माण  भएको रुपन्देहीको  लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र बनेको  चलायमान बन्न सकेको छैन । सुरुमा निर्माण  भएको केही दिनपछि हल चुहिएपछि नकारात्मक सन्देश भएको  उक्त अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र चलायमान बनाउनको लागि विषय कोषले पनि उचित ध्यान दिएको छैन ।

२०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभा हल उद्घाटन गरेका थिए । त्यसको निर्माण भएको १५ महिनापछि सञ्चालनको कार्यविधि बनाएको छ । तर अझैसम्म लुम्बिनीको बोर्ड बैठकले पास नगरेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए  ।

सभा हलमा   हालसम्म आन्तरिक ४ वटा र बाह्य ४ वटा गरी जम्मा  ८ वटा कार्यक्रम भएका छन् । निर्माण भएको  ५ हजार जना अट्ने क्षमताको हलमा जम्मा अझै एक दर्जन पनि कार्यक्रम नहुँदा त्यो उपयोगितामाथि प्रश्न उठ्ने  अध्येयता  युवराज कँडेले बताउँछन् । उनले भने -‘ लुम्बिनीमा करोडौँ रकम खर्च  गरेर बनाएको हललाई प्रयोगमा ल्याउन नसक्नु  विकास कोषको कमजोरी हो ।’

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले बर्से लगाएर निर्माण गर्ने  अनि कराेडाैँ खर्च गर्ने तर उपयोग गर्न ध्यान नदिने काम निकै गलत भएको बताए ।उनले यहाँ सभा हल चलायमान हुँदा लुम्बिनीमा आर्थिक गतिविधिमा तीव्रता आउने अपेक्षा यहाँका होटेल व्यवसायी, तथा पर्यटन क्षेत्रका रहेको थियो तर त्यो नहुनु दुखद पक्ष रहेको बताए ।

सम्बन्धित् समाचार