काठमाडौं ।
नेपाली महिला कबड्डी टोलीले जारी १९ औँ एसियाली खेलकुदमा कास्य पदक जितेको छ । प्रतियोगितामा नेपालको यो पहिलो पदक हो ।
शुक्रवार भएको खेलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो ।
भारत फाइनलमा पुगेको छ ।
यसअघि समूहगत चरणमा एक खेल जितेको भरमा नेपाली टोलीले सेमिफाइनल यात्रा तय गरेर कम्तीमा कास्य पदक पक्का गरेको थियो।