मधु बिश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय युवा क्लब गठन कपिलवस्तुको बुद्धभुमी नगरपालिका-९ मा युवा क्लब गठन गरिएको छ। बुधबार मधु विश्वकर्माको अध्यक्षतामा ९ ९ सदस्यीय प्रगतिशील युवा क्लब गठन गरिएको हो ।
बुधबार इमिलियामा युवाहरूको भेलाले विश्वकर्माकाे नेतृत्वमा प्रगतिशील युवा क्लब गठन गरिएको जनाइएको छ । जसको उपाध्यक्षमा आशिष परियार, सचिवमा राजेश सुनार, सह:सचिवमा प्रसना बादी, कोषाध्यक्षा धन बहादुर परियार, सदस्य बिनिमाया श्रीपाली, सिमा परियार, बिपिन सुनार, सुबास सुनार गरि नौ सदस्य चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ शाखा कपिलवस्तुका अध्यक्ष शम्भु बिश्वकर्माले नव गठित पदाधिकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले जुन उद्देश्यले युवा क्लब गठन गरिएको त्यो लक्ष्य तथा उद्देश प्राप्त होस भनी शुभकामना दिए।
समाजिक,सस्कृतिलाई संरक्षण गर्ने र बिक्रीतीलाई जरा देखि उखेल्न सकोस भनी युवा क्लबका पदाधिकारीलाई समाजसेवी तथा युवा नेता उजेली विश्वकर्माले शुभकामना दिइन् । कार्यक्रम मधु बिश्वकार्माले संचालन गरेकी थिइन् ।
नवगठित क्लबका सदस्यहरुले दुर्गा मन्दिर परिसर समेत सरसफाइ गरेका छन् ।