गृहपृष्ठ Featured घोराही जोड्ने बजेट अन्यत्रै सार्न खोजेपछि विरोध

घोराही जोड्ने बजेट अन्यत्रै सार्न खोजेपछि विरोध

ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुपन्देहीअन्तर्गत घोराही–रक्षाचौर सडकको १४ करोड ४० लाख बजेट अन्यत्र सार्न खोजिएको छ ।  सडकको बजेट अन्यत्र सार्न थालिएपछि तुलसीपुर उपमहानगरपालिका– ४ र १९ ले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, संघ सरकार र लुम्बिनी सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ,’ भने,’अझै तुलसीपुर क्षेत्रमा ११ किलोमिटर कालोपत्रे गर्न बाँकी छ ।’

सडक धेरै पुरानो भएकाले कतै पुनः नयाँ ट्र्याक बनाउनु तथा कतै नाली बनाउनुपर्ने अवस्था रहेको तुलसीपुर– ४ का वडाध्यक्ष तुलसी थापाले बताए । ‘यो सडकमा करिब १० किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने ‘बाँकी ११ किलोमिटरमा कतै ट्र्याक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसका लागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौँ ।’ सोही सडकलाई घोराही–तुलसीपुरको वैकल्पिक सडकका रूपमा लिइएको छ । तर, बर्सेनि बजेट नपर्दा काम अघि बढ्न सकेको छैन ।

सम्बन्धित् समाचार