गृहपृष्ठ Featured बाणगंगाले सर्पले डसेर मृत्यु भएका परिवारलाई राहात स्वरुप ३५ हजार उपलब्ध गराउने

बाणगंगाले सर्पले डसेर मृत्यु भएका परिवारलाई राहात स्वरुप ३५ हजार उपलब्ध गराउने

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

बाणगंगा नगरपालिकाले सर्पले डसेर मृत्यु भएका वडा नम्बर ९ का परिवारलाई ३५ हजार रुपैयाँ दिने भएको छ । कार्यापालिका बैठकले उक्त परिवारलाई राहात स्वरुप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको उप-प्रमुख रिताकुमारी चौधरीले वैखरीलाई जानकारी दिईन् ।

गत असोज १७ गते वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीको सर्पले डसेर दुई दिदीबहिनीको मृत्यु भएको थियो ।

उनीहरुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार