गृहपृष्ठ Featured दाङमा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु, एक घाइते

दाङमा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु, एक घाइते

दाङ ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय २४ वर्षका सुनिल विकको ज्यान गएको हो ।

मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेकाे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार