गृहपृष्ठ Featured भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति:

काठमाडौं ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) कात्तिक १६ गतेदेखि निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरी चार लाख ८७ हजार ९१० कित्ता आईपीओ बाँकी रहेको थियो । उक्त आईपीओ थप गरी सर्वसाधारणलाई कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा नै निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

सम्बन्धित् समाचार