गृहपृष्ठ Featured बुटवल–नारायणगढ सडकखण्ड : निर्माणमा ढिलाई हुँदा यात्रुलाई सास्ती

बुटवल–नारायणगढ सडकखण्ड : निर्माणमा ढिलाई हुँदा यात्रुलाई सास्ती

प्रकाशित मिति:

यतिबेला सवैतिर दशैंको माहोल छ । संघीय राजधानी काठमाण्डौंबाट हरेक दिन दशौं हजारको संख्यामा दशैं मनाउन घर फर्किनहरूको लर्को छ । दशैंमा सहज यातायात्र सुविधा पाउने आशामा बसेका यात्रु अन्ततः बुटवल नारायणगड सडक खण्डको बिजोगले दुःख झेल्न बाध्य छन । पाँच बर्षदेखि उक्त सडक भएर यात्रा गर्नेहरूले दुःख र सास्ती पाईरहेका छन ।

दशैं मान्न घर फर्किनेहरू अहिले उक्त सडक खण्डको अवस्था देखेर निरास हुनुपर्ने अवस्था छ । आखिर नेपालमा यस प्रकारको चरम बेथिती कहिलेसम्म ? प्रश्न उठछ, तर सरकारसंगै यसको उत्तर छैन । निर्माण कम्पनीको दादागिरी छ ।

चारपटक त यो सडकको म्याद थपिएको छ तर पनि सडक निर्माण पूरा हुन सकेको छैन । नेपाललाई पूर्व र पश्चिमसंग जोडने महत्वपूर्ण मार्गका रूपमा बुटवल नारायणगढ सडक खण्ड रहेको छ तर यही सडक निर्माणमा बर्षौ लाग्ने जुन परिस्थिति सिर्जना भएको छ, यसले आम नेपालीलाई चिन्ता थपेको छ । यही नियति अरू राष्ट्रिय लोकमार्गको पनि हुने हो कि भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक छ । नेपालमा कुनैपनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठूलो समस्याको रूपमा रहेको छ ।

बुटवल नारायणगढ सडकखण्ड पनि यसबाट अछुतो रहन सकेन । जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो त्यो नहुँदा यात्रुले मात्र होइन, पर्यटकहरूमा समेत गलत सन्देश जाने अवस्था आउन सक्छ । सडक विस्तार आयोजनाको हेलचेक्र्याइँ र लापरबाहीको कारण यात्रुले घण्टौं विताउनु पर्ने अवस्था छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन पनि सुस्त छ ।

सम्बन्धित् समाचार