गृहपृष्ठ Featured डोटीमा जीप दुर्घटना : ५ जना घाइते

डोटीमा जीप दुर्घटना : ५ जना घाइते

डोटी ।

डोटीमा जीप दुर्घटना भएको छ। खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।

जीप दिपायल सिलगढी नगरपालिका-६ पानीखालमा दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो। घाइतेहरूको उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते भएका सबै सायल गाउँपालिका निवासी हुन्।

सम्बन्धित् समाचार