गृहपृष्ठ Featured बाँके कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु

बाँके कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु

प्रकाशित मिति:

रुपन्देही ।

बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका १० का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ ।

जबर्जस्ती करणी मुद्दामा उनी २०७६ साउन २६ गते जिल्ला कारागार बाँकेमा कैद भुक्तान गरिरहेका थिए । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए ।

शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्‍याइएका खगेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार उनी लामो समयदेखि अस्वस्थ रहेको र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए ।

सम्बन्धित् समाचार