गृहपृष्ठ Featured दशैँको नवाैँ दिन : गुल्मीका शक्तिपीठमा दिनभर श्रद्धालुको घुइँचाे

दशैँको नवाैँ दिन : गुल्मीका शक्तिपीठमा दिनभर श्रद्धालुको घुइँचाे

प्रकाशित मिति:

गुल्मी ।

दशैँको नवाैँ दिनमा गुल्मीका शक्तिपीठहरूमा दिनभर नवदुर्गा भवानीको पूजा–आराधना गरी महानवमी पर्व मनाइएको छ ।

महानवमीको अवसरमा गुल्मी मुसिकोट, धुर्कोट, इस्माकोट, अर्जै, चारपाला, जोगिथुम, थामको छत्रदेव लगायतका शक्तिपीठहरूमा पूजाआजा गर्नेहरूकाे दिनभर घुइँचाे लाग्यो ।

गुल्मीका धार्मिक एवम् ऐतिहासिक मन्दिर र देवालयहरूमा महानवमीको अवसरमा पशु बलि दिएर मन्दिरमा देवतालाई चढाउने प्रचलन छ । पशु बलि नदिनेहरूले भने कुभिन्डो, काँक्राे, मुला जस्ता वस्तुको बलि दिने प्रचल छ ।

विगतका वर्षहरूको तुलनामा यस पटक शक्तिपीठहरूमा जाने श्रद्धालुको सङ्ख्या बाक्लो देखिन्थ्यो । मौसममा सुधारसँगै गाउँ फर्कने मानिसहरूको उपस्थिति धेरै भएका कारण पनि यस पटक  गाउँघरमा चहलपहल बढेको छ । त्यही चहलपहल मन्दिर र शक्तिपीठहरूमा पनि बढेको हाे ।

सम्बन्धित् समाचार