गृहपृष्ठ Featured भैरहवा भन्सार : २ महिनामा तस्करीका सवा १३ करोडका सामान समात्यो

भैरहवा भन्सार : २ महिनामा तस्करीका सवा १३ करोडका सामान समात्यो

प्रकाशित मिति:

भैरहवा भन्सारले गत आर्थिक वर्ष ०७९/८० र चालु आव ०८०/८१ का दुई महिनामा गरी १३ करोड २५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

यसबीचमा भारततर्फबाट नेपाल सामान तस्करीमा संलग्न ४७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव ०७९/८० मा १३९ वटा भन्सार छलीका कसूरमा मुद्दा दर्ता गरी ८ करोड ४२ लाख मूल्य बराबरका भन्सार छलीका मालवस्तु जफत गरिएको छ।

आव ०७९–८० मा फर्छ्यौट भएका मुद्दाहरूमा पक्राउ प्रतिवादीहरूबाट १ करोड ५२ लाख रुपैयाँ जरिवाना गरिएको छ। सोही आवमा नेपाल प्रहरीबाट ३१६ वटा मुद्दामा ७ करोड ६२ लाख रुपैयाँ बराबरका मालवस्तु बरामद भई भैरहवा भन्सारमा दाखिला भएको छ। यस्तै, सशस्त्र प्रहरीबाट ३०९ वटा मुद्दामा ४ करोड ७५ लाख रुपैयाँ बराबरका मालवस्तुहरू भैरहवा भन्सारमा दाखिला गरिएको छ।

यस्तै, चालु आव ०८०–८१ को हालसम्म भैरहवा भन्सारबाट २४ वटा मुद्दामा ४ करोड ८३ लाख रुपैयाँ बराबरका मालवस्तुहरू भन्सार दाखिला भई मुद्दा चलाइएको छ। त्यस अवधिमा नेपाल प्रहरीबाट १३२ वटा मुद्दामा २ करोड ७१ लाख रुपैयाँ बराबरका मालवस्तु भन्सारमा दाखिला भएको छ। र, सशस्त्र प्रहरीबाट ९० वटा मुद्दामा १ करोड ४३ लाख रुपैयाँ बराबरमा मालवस्तुहरू भन्सार दाखिला भएका छन्।

माथिको तथ्यांकबाट भन्सार छली नियन्त्रणमा भैरहवा भन्सार कार्यालयको सुराकी परिचालन तथा गस्ती परिचानमा दक्षता देखिन्छ। भन्सार छली नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीभन्दा भैरहवा भन्सार कार्यालय एक्लैले गरेको गस्ती परिचालनबाट धेरै मालवस्तुहरू बरामद भएको देखिन्छ।

सम्बन्धित् समाचार