दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएकोचलचित्र ‘पशुपति प्रसाद २‘भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ।
यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिएका छन्।
‘दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ। यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ’, निर्माता लामिछानेले भने।
सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ ‘भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।