रूपन्देही ।
छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।
अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका-१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।