गृहपृष्ठ Featured दसैँको टीका थाप्न ससुराली पुगेका बुटवलका एक युवकको मृत्यु

दसैँको टीका थाप्न ससुराली पुगेका बुटवलका एक युवकको मृत्यु

प्रकाशित मिति:

रूपन्देही ।

दसैँको टीका थाप्न ससुराली पुगेका बुटवलका एक युवकको मृत्यु भएको छ । बुधबार टीका लगाएर सुतेका बुटवल- १२ तामनगरका पर्वत थापा पाल्पास्थित ससुरालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार टीका थाप्न पाल्पाको पूर्वखोला- २ जल्पा पुगेका पर्वत खाना खाएर सुतेका थिए । तर, मध्यराति श्रीमतीले उठाउँदा नउठेपछि उपचारका लागि पाल्पा मिसन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार