गृहपृष्ठ Featured श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

प्रकाशित मिति:

श्रीलंकाले विश्वकप क्रिकेट २०२३ मा बिहीबार डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । यो नतिजाले जहाँ श्रीलंकाले सेमिफाइनल प्रवेशको आफ्नो झिनो सम्भावनालाई जीवित राखेको छ, त्यहीँ इंग्ल्यान्डको सम्भावना लगभग समाप्त हुने संघारमा पुगेको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनसम्म मात्र टिकेको थियो । त्यसक्रममा इंग्ल्यान्डका बेन स्टोकले बनाएको ४३ रन नै सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो ।

श्रीलंकाली बलरमध्ये लहिरु कुमारले ३५ रनमा ३ विकेट लिए । कुसन रजिथा र एन्जेलो म्याथ्युजले पनि दुई-दुई विकेट हात पारे ।

जवाफमा श्रीलंकाले २५.४ ओभर मात्र उपयोग गर्दै दुई विकेट गुमाएर १ सय ६० रन बनायो । पथुम निसान्काले ८३ बलमा ७७ रन बनाए । त्यस्तै सदीपार समरविक्रमले ५४ बलमा ६५ रन बनाए । दुवै ब्याटर नटआउट रहे ।

यो नतिजापछि इंग्ल्यान्ड पाँच खेलबाट दुई अंकमै सीमित रह्यो भने श्रीलंकाको पाँच खेलबाट चार अंक भएको छ ।

सम्बन्धित् समाचार