गृहपृष्ठ Featured नेपाली बजारमा प्याजको मूल्य वृद्धि हुने !

नेपाली बजारमा प्याजको मूल्य वृद्धि हुने !

प्रकाशित मिति:

काठमाडौँ ।

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।

 भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।

उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।

कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने पौडेलको अनुमान छ ।

पुरानो मूल्यमा खरिद गरेको प्याज नयाँ मूल्यमा विक्री गर्न नदिन सरोकारवालाले  अनुगमनमा जोड दिनुपर्ने पौडेलले सुझाए ।

सम्बन्धित् समाचार