वैखरी अनलाईन, बाणगंगा ।
नेपाल तरूण दल जिल्ला कार्य समिति कपिलवस्तुले ७१ औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामाग्री वितरण गरेको छ । शुक्रबार जिल्लाको शिवराज नगरपालिका २ बालापुरमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

गरिब, विपन्न तथा अपाङ्गता भएका ८ घरपरिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको नेपाल तरूण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरीले वैखरीले जानकारी दिए ।

नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव समेत रहेका उनले जनताको सुखदुखमा आफुहरु साथ रहेको प्रत्याभूमि दिलाउँन विभिन्न समयमा सामाजिक, मानवीय काम गर्दै आएको बताए ।

उक्त कार्यक्रममा नेपाल तरूण दल जिल्ला कार्य समिति कपिलवस्तुका पदाधिकारीसहित नेपाली कांग्रेस कपिलवस्तुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।








