गृहपृष्ठ Featured बाँके राष्ट्रिय निकुञ्ज : ‘टाइम कार्ड’ लागूपछि सडक दुर्घटना न्यूनीकरण

बाँके राष्ट्रिय निकुञ्ज : ‘टाइम कार्ड’ लागूपछि सडक दुर्घटना न्यूनीकरण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा ‘टाइम कार्ड’ लागू भएपछि सडक दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

१५ किलोमिटर सडक धागोजस्तै सीधा छ । सीधा भएकाले तीव्र गतिमा सवारीसाधन गुड्ने र सवारीचालक निदाउँदा दसैँका वेला सवारी दुर्घटना हुने गरेको थियो । ‘टाइम कार्ड’ लागू भएको ठाउँमा कुनै सवारी दुर्घटना नभएको सुवेदीले बताए । ‘टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ,’ उनले भने ।

‘टाइम कार्ड’ लागू भएको सडकखण्डमा प्रतिघन्टा ४० किलोमिटर गतिमा सवारीसाधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२–२७ मिनेटको समय दिइएको उनले बताए ।

सम्बन्धित् समाचार