काठमाडौँ ।
बाराको कलैया उपमहानगरपालिका–६ मा मोटरसाइकलमा आएका व्यक्तिको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय एकता इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य रुपेश स्वर्णकार (गुड्डु) रहेका छन्।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ। घटना दिउँसो करिब २ बजेतिरको हो। गोली लागेका शिक्षकको उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए।
दुई मोटरसाइकलमा आएका चार जनाको समूहले गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेपनि समूहको पहिचान हुन सकेको छैन। उनीहरू गोली हानेर फरार भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले उनीहरुको पहिचान नभएको बताए। प्रहरीले उनीहरुको खोजी तिब्र पारिसकेको कडायतले बताए।
शुरुमा उनलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।