गृहपृष्ठ Featured टी-२० विश्वकप छनोट : शतक प्रहार गर्ने नेपाली खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने

टी-२० विश्वकप छनोट : शतक प्रहार गर्ने नेपाली खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने

काठमाडौं ।

नेपालमा जारी टी-२० विश्वकप छनोटमा शतक प्रहार गर्ने घरेलु खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरपछि डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो। एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधवार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।

सम्बन्धित् समाचार