आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो।
युएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो। अब नेपाल र युएईबीच भोलि शुक्रबार विहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ।
यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्ने अवसर छ।