गृहपृष्ठ Featured न्याय पाएको भन्दै भारतीले सर्वोच्चलाई ढोगिन्

न्याय पाएको भन्दै भारतीले सर्वोच्चलाई ढोगिन्

काठमाडौँ ।

चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतलाई ढोगेकी छन्।

अदालतबाट आफूले न्याय पाएको भन्दै भारतीले सर्वोच्चलाई ढोगेकी हुन्। फैसलापछि उनी भक्कानिएर रोएकी थिइन्।

सरकारले  रिगललाई कैद माफी दिएपछि न्याय माग्दै माइतीघर मण्डलामा अनसन बसिरहेको भारती आदेश आउनु केहीबेरअघि मात्रै सर्वोच्च पुगेकी थिइन्। अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सम्बन्धित् समाचार