गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा स्रोत नखुलेको साढे १६ लाखसहित एक युवा पक्राउ

पश्चिम नवलपरासीमा स्रोत नखुलेको साढे १६ लाखसहित एक युवा पक्राउ

प्रकाशित मिति:

परासी ।

पश्चिम नवलपरासीमा स्रोत नखुलेको साढे १६ लाख रुपैयाँसहित एक युवा पक्राउ परेका छन् ।

रामग्राम नगरपालिका-७ उजैनीमा परासी महेसपुर सडक खण्डमा जाँचको क्रममा प्रहरीले पाल्हिनन्दन गाउँपालिका-२ का २५ वर्षीय इमरान खानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार लु ९० प ७८८५ नम्बरको मोटरसाइकलमा सवार खानलाई चेक गर्दा झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको १ हजार दरका ७ सय थान र ५ सय थानका १९ सय वटा नोट बरामद गरेको हो । बरामद रकम, मोटरसाइकललाई भन्सार कार्यालयमा बुझाइएको छ ।

नेपाल भारतमा हुने भन्सार छलिको कारोबारका लागि प्रयोग गर्न रकम ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित् समाचार